काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घटेर २,७८० दशमलव ८१ को विन्दुका कायम भएको छ । आज११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँको करोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमाको ५५ करोड ६९ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य ३७ रुपैयाँले घटेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ४५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २० रुपैयाँले बढेको छ ।
त्यस्तै, नेशनल हाइड्रो पावर कम्पनीको ३० करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७ रुपैयाँले बढेको छ । राद्यी विद्युत कम्पनीको २९ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६९ रुपैयाँले बढेको छ ।