काठमाडौं । आज दिनभरिमा २ सय १५ वटा कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
आज कुल ३४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै,११ कम्पनीको शेयर १० प्रतिशतको दरले बढेको छ । घलेम्दी हाइंड्रोपावर, हिमाल दोलखा हाईड्रोपावर, समता लघुवित्त, नेशनल हाईड्रोपावर, कालिका पावर, मिथिला लघुवित्त, विशाल बजारका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।