Connect IPS
IME Life

प्रभु सेलेक्ट फण्डको बिक्री जेष्ठ ५ गते खुल्ने, फण्डले अधिकतम ३० कम्पनीमा लगानी गर्ने 

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत पहिलो योजना प्रभु सेलेक्ट फण्डको यही जेष्ठ ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।

यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो ।

Prabhu
Crest

निष्काशित कुल १० करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख इकाई गरी कूल १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले जेष्ठ ५ गतेबाट आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा इच्छुक लगानीकर्ताले छिटोमा जेष्ठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेष्ठ १५ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले बताएको छ ।

नेपालको शेयरबजारमा धेरै सेक्टरका शेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन् । त्यसमध्येका कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तिय अवस्था सवल भएको कम्पनीहरु छनौट गरी ती मध्ये अधिकतम ३० वटा कम्पनीहरुको शेयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु सेलेक्ट फण्ड राखिएको छ । यो योजना अन्तरगत संकलन भएको रकमबाट अधिकतम ३० वटा सेलेक्टेड कम्पनीहरुमा लगानी गरी त्यसैमध्येबाट नियमित खरिदबिक्री गरिनेछ ।

प्रभु सेलेक्ट फण्ड कस्तो योजना हो ?

विशेषतः यो एउटा सामुहिक लगानी योजना हो, जसले लगानीकर्ताहरुलाई युनिट बिक्री गरी संकलन गरेको रकमलाई भ्यालु भएका तथा ग्रोथ गर्ने सम्भावना रहेका कम्पनीहरुका साथै प्रतिफलका हिसाबले उच्च प्रतिफल सिर्जना गर्न सक्ने तथा वितरण गर्न सक्ने कम्पनीहरुको छनौट गरी लगानी गर्छ । यसरी तयार गरीएको लगानी पोर्टफोलियोलाई बजारमा आउने सामान्य उतार चढावहरुले खासै असर नगर्ने किसिमले संरचना तयार गरिने भएको हुँदा योजनामा सहभागी लगानीकर्ताहरुले तुलनात्मक रुपमा आफ्नो लगानी सुरक्षित तथा उच्च प्रतिफलयुक्त रहेको पाउनुहुनेछ ।

यो फण्डको उद्देश्य के हो ?

सर्वप्रथम त योजना अन्तरगत छरिएर रहेका स–साना बचतहरुलाई संकलन गरी लगानीमा रुपान्तरण गर्ने कार्य यो योजनाले गर्नेछ । त्यसपछि योजनाको इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक सामुहिक लगानी कोष नियमावलीले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पु¥याउने ढंगबाट आफ्ना कार्यहरुलाई अगाडि बढाउने छ ।

यो योजनाले कस्ता कस्ता कम्पनीमा लगानी गर्छ ?

यो योजनाले नेपाल धितोपत्र वोर्डले जारी गरेको सामुहिक लगानी कोष नियमावलीले तोकेको निम्नानुसारका क्षेत्रहरुमा लगानी गर्नेछ ।

  • बोर्डमा दर्ता भएको धितोपत्र
  • सार्वजनिक निष्काशन भएको धितोपत्र
  • धितोपत्र बिनिमय बजारमा सूचीकृत संगठित संस्थाहरुको धितोपत्र
  • नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बंैकले जारी गरेको ऋणपत्र, टे«जरी विल तथा मुद्रा बजारका अन्य साधनहरु
  • बैंक तथा वित्तीय संस्थामा निक्षेप
  • मुद्रा बजार उपकरण
  • बोर्डले तोकिदिएको अन्य क्षेत्र आदि ।

तर, यसरी लगानी गर्दा फण्डले अधिकतममा ८० देखि १०० प्रतिशत सम्म धितोपत्र विनियम बजार अर्थात नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरु मध्ये अधिकतम ३० वटा कम्पनीहरुमा मात्रै लगानी गरी पोर्टफोलियो व्यवस्थापन गर्नेछ ।

फण्ड व्यवस्थापन गर्न टिम कस्तो छ ?

प्रभु क्यापिटल अन्तरगतको लगानी टिमभित्र नेपाली पूँजी बजारका साथै अन्तर्राष्ट्रिय पूँजी बजारमा काम गरी सकेका अनुभवी तथा यस क्षेत्रमा विज्ञता प्राप्त गरिसकेका विज्ञहरु सहितको व्यवसायिक टिम छ । यसमा एक जना सिए सिएफएए तथा एमबिए गरी भारतीय बजारमा करिब ७ वर्ष काम गरिसकका देखि अमेरीकामा एमबिए गरी त्यहाँको बजारमा करिब २ वर्ष काम गरीसकेका साथीहरु हुनुहुन्छ । यसका साथै १ जना सिए जो भारतीय पूँजी बजारका साथै नेपाली पूँजी बजारमा पनि करिब ५ वर्षयता संलग्न भइ कार्य गर्दै आउनुभएको छ । यो क्यापिटलको इन्भेष्टमेन्ट म्यानेजमेन्टको लागि कोर टिम हो । यसलाई सघाउने अरु साथीहरु हुनुहुन्छ । प्रभु क्यापिटलको उच्च व्यवस्थापनको नेतृत्व गर्नुहुने प्रबन्ध सञ्चालक दिनेश थकाली सिए हुनुका साथै नेपाली बैंकिंग क्षेत्रमा १ दशक बढिको अनुभव भएका व्यक्ति हुनुहुन्छ भने चिफ अपरेटिङ्ग अफिसर कृष्ण गिरीको नेपाली पूँजी बजारका साथै अन्तर्राष्ट्रिय पूँजी बजारमा करिब १ दशक लामो अनुभव रहेको छ । प्रभु क्यापिटलले लगानी सम्बन्धी कार्यलाई व्यवस्थित गर्नको लागि अलग्गै लगानी कमिटि गठन गरेको छ यसमा पनि नेपाली पूँजी बजारमै विशेष दखल भएका तथा १ पूँजी बजारकै क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव हासिल गरेका सफल व्यक्तित्वहरु हुनुहुन्छ साथै अर्कोतर्फ प्रभु सामुहिक लगानी कोष अन्तरगत नियुक्त हुनुभएका सुपरभाइजरहरु पनि व्यवस्थापन, प्रशासन, पँुजीबजार, लगानी विश्लेषण एवं अध्यापनको क्षेत्रमा लामो समय काम गरेको अनुभवी व्यक्तित्वहरु हुनुहुन्छ ।

प्रभु सेलेक्ट फण्डका आवद्ध कोष सुपरिवेक्षकहरु

प्रभु म्युचुअल फण्डले यस योजनाको सुपरिवेक्षणको निम्ती विविध फरक फरक विधामा अनुभव प्राप्त पाँच जना वरिष्ठ तथा प्रख्यात व्यक्तिहरुलाई कोष सुपरिवेक्षकका रुपमा नियुक्त गरेको छ । उहाँहरुको संक्षिप्त विवरण निम्नानुसार रहेको छः

क. श्री योगेन्द्र गौचनः पूर्व सह–सचिव, नेपाल सरकार । नेपाल सरकारको विभिन्न विशिष्ट तहहरुमा  कार्य गरेको अनुभव । हाल सुप्रिया लेखापरिक्षण फर्म सञ्चालन ।

ख. श्री सविन विक्रम पन्तः एशोसिएट प्रोफेसर, काठमाण्डौ विश्वविद्यालय ।  काठमाण्डौ विश्वविद्यालयमा ११ वर्षदेखि व्यवस्थापन संकाय अन्तरगत प्राध्यापन तथा अनुसन्धानको क्षेत्रमा कार्यरत ।

ग. श्री अर्जुनलाल राजवंशीः पूर्व मुख्य व्यवस्थापक, नागरिक लगानी कोष । नागरिक लगानी कोषमा मुख्य व्यवस्थापकका साथै विशिष्ट तहमा लामो समय कार्य गरेको अनुभव ।

घ. सिए मदन कुमार निरौलाः चार्टड एकाउन्टेण्ट, मदन निरौला एण्ड कम्पनी । लेखा परिक्षणको क्षेत्रमा १७ वर्षको कार्य गरेको अनुभव । हाल मदन निरौला एण्ड कम्पनी सञ्चालन ।

ङ. श्री नारायण देसारः अध्यापन, निष्ट कलेज । अध्यापनका साथै पूँजी बजार र लगानीको क्षेत्रमा १० वर्षदेखिको अनुभव । हाल निष्ट कलेजमा व्यवस्थापन विषयमा अध्यापकको रुपमा कार्यरत ।

कम्पनीको छनौट गर्दा अबलम्बन हुने रणनीति कस्तो छ ?

फण्डले नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई कारोबारका लागि उपलब्ध कम्पनीहरु मध्येबाट लगानी गर्नुपूर्व आधारभूत तथा प्राविधिक विश्लेषण गरी कम्पनीहरु वर्गीकरण गर्छ र यसरी वर्गीकरण गरेका कम्पनीहरु मध्येमा कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तिय अवस्था सवल भएको, संस्थागत सुशासन बलियो भएको तथा निश्चित समयअन्तरालमा बजार सूचक भन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्ने किसिमका शेयरहरु छनौट गरी त्यसलाई लगानी नीति अन्तरगत रहने ग्रेडिङ्गको पारामिटरमा राखी त्यसबाट पुनः छनौट गरिन्छ । यसरी छनौट गर्दा मुख्यतः भ्यालु र ग्रोथका आधारमा अब्बल देखिने कम्पनीहरु मध्येबाट पनि अधिकतम ३० वटा उत्कृष्ट कम्पनीहरु छनौट गरिनेछ ।

प्रभु सेलेक्टिभ फण्डमा नै किन लगानी गर्ने ?

बजारमा धेरै सामुहिक लगानी कोषहरु अहिले सञ्चालनमा छन् । ती सबै योजनाहरु आ–आफ्नै प्रकिृतिका छन् । तिनीहरुको उद्देश्य पनि भिन्नाभिन्नै छ । प्रभु सेलेक्टिभ फण्डको पनि प्रकृति अरु भन्दा भिन्न छ साथै यसको उद्देश्य र यसले कार्य गर्ने संरचना पनि अन्य फण्डहरुको भन्दा भिन्न छ । अन्तर्राष्ट्रिय पूँजी बजारमा हेर्ने हो भने ग्रोथ र भ्यालु बेष्ड लगानी रणनीतिलाई उत्कृष्ट रणनीति मानिन्छ । तसर्थ पनि लगानीकर्ताहरुले आफ्नो लगानी वृद्धि तथा उत्कृष्ट प्रतिफल प्राप्तिका लागि यस्तो रणनीतियुक्त म्युचुअल फण्डहरुलाई बढि महत्व दिएको पाइन्छ ।

प्रभु सेलेक्ट फण्ड अन्तरगत कम्पनीहरुको छनोटको निम्ती योजना व्यवस्थापन टिम तथा सो अन्तरगत विश्लेषण तथा अनुसन्धान टिमको व्यवस्था रहेको हुँदा कम्पनीहरुको अनुमानित प्रतिफल तथा एक्जिट सयमको मूल्यांकन नियमित रुपमा अनुसन्धान तथा विश्लेषण गरि सोहि अनुरुप कार्यान्वयन गरिने तथा क्यापिटलले व्यवस्था गरेको लगानी नीति अनुरुप भए नभएको रेखदेख गर्न लगानी कमिटिको समेत व्यवस्था हुनुका साथै कोषको न्यूनतम मुल्य मान्यता तथा नीति अनुरुप खरिदबिक्री कार्य भए नभएको अनुगमन तथा निरीक्षण गर्न कोष सुपरभाइजहरुको व्यवस्था भएको हुँदा लगानीकर्ताहरु आफ्नो लगानी प्रति ढुक्क बन्ने साथै बजारमा सानोतिनो उतारचढाव हँुंदा समेत फण्डको न्याभमा त्यस्तो ठूलो असर नपर्नेभएको हुँदा दिर्घकालिन रुपमा लगानी गर्ने लगानीकर्ताहरुको लागि लामो अवधी सम्म उच्च प्रतिफल प्रदान गर्ने स्रोत बन्न सक्छ ।

क्यापिटलका अनुसार प्रभु सेलेक्टिभ फण्डले औषतमा वार्षिक २० प्रतिशत प्रतिफल दिने लक्ष्य राखेको छ । प्रभु सेलेक्टि फण्डले व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तिय अवस्था सवल भएको, संस्थागत सुशासन बलियो भएको तथा निश्चित समयअन्तरालमा बजार सूचक भन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्ने किसिमका शेयरहरु छनौट गरी लगानी गर्ने भएकाले यस्ता भ्यालु तथा ग्रोथ ओरिएन्टेड कम्पनीहरुले लामो समयसम्म समान रुपमा उच्च प्रतिफल प्रदान गर्ने भएको हुँदा यस्ता कम्पनीका शेयरहरुको बजारमा नियमित कारोबार हुने तथा खरिदबिक्री समेत सहज ढंगबाट गर्न सकिन्छ ।

विभिन्न उमेर, लिंग वा पेशाका लगानीकर्ताहरुको आफ्नो लगानी योग्य रकमको श्रोतहरु तथा प्रतिफल प्राप्तीको दर एवं लगानी गर्ने उद्देश्य भिन्न भिन्न हुन सक्छ । कुनै लगानीकर्ताले एउटा निश्चित उदेश्यले निश्चित समयका लागि केहि रकम बचत गर्ने र यसरी वचत गरेको रकमलाई भविष्यमा कुनै निश्चित कार्यको लागि प्रयोग गर्न चाहेको हुन सक्छ छोरा छोरीको उच्च शिक्षा, विवाह वा तिनीहरुको उज्वल भविश्यसँग सम्बन्धित योजनाहरुको सफल कार्यान्वयन हुन सक्छ वा कसैको लागि भविष्यमा आफ्नो अवकाश पश्चात सुखद भविष्यका लागि अवकाश कोष बनाउने हुनसक्छ वा कसैलाई आफ्नो भविष्यको लागि आवश्यक पर्ने जग्गा वा सुन वा गाडी जस्ता कुराहरुको खरिदका लागि फण्ड जम्मा गर्ने हुन सक्छ यस्ता यावत उद्देश्यको पूर्तिका लागि आजबाटै रकम जम्मा गर्दै सो उद्देश्य अनुसार कार्यान्वयनका लागि आवश्यक रकम जुटाउने एउटा मुख्य श्रोत यस्ता नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने सामुहिक लगानी योजना हुनसक्दछन । त्यसमध्ये कै एक विशिष्ट सामुहिक लगानी योजना हो प्रभु सेलेक्ट फण्ड । तसर्थ यसमा विभिन्न उमेर, वर्ग वा लिंगका लगानीकर्ताहरु जसले समृद्ध भविष्यको सपना देख्नु भएको छ उहाँहरुले प्रभु सेलेक्ट फण्डमा लगानी गर्न सक्नुहुन्छ ।

आवेदन दिने प्रक्रियाः

१. नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । तर हाल कोभिड महामारीका कारण अधिकांश बैंक वित्तिय संस्थाका शाखाहरु बन्द भएको  सिडिएससीले प्रदान गरेको मेरो शेयरमा लगिन गरेर समेत आवेदन दिन सकिनेछ ।

२. मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताहरुले मेरो सेयरमा गई माइ आस्बा मेनुभित्र क्लिक गरेर प्रभु सेलेक्ट फण्डको बार्यातर्फ रहेको एप्लाई बटनमा क्लिक गरी खुलेको फारममा आवश्यक विवरणहरु राखेर आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS