काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ७१ प्रतिशतले बढेर २,७५९ दशमलव २१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय १८ वटा कम्पनीको १ करोड ९० लाख ५६ हजार २ सय ३६ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज होटल्स विकास बैंक र उत्पादनमुलक बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै अन्य उपसूचक २ दशमलव ६३ प्रतिशतले बढेको छ । हाइड्रो पावर उपसुचक पनि २ दशमलव ५२ प्रतिशतले बढेको छ ।
आज पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६६ करोड १ लाख रुपैयाँको शेयर कारोेबार भएको छ । नेपाल टेलिकमको ४२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्सको ३१ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ९२ रुपैयाँले बढेको छ ।
त्यस्तै, अरुण कावेली पावर कम्पनीको २५ करोडमाथिको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १५ रुपैयाँले बढेको छ । अपर तामाकोशीको २१ करोड ५३ लाख रुपैयाँको शेयर करोबार भएको छ ।
आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने नेपाल बङलादेश बैंकका ऋणपत्र एकाइधनीले सबैभन्दा धेरै १ दशमलव ९४ प्रतिशतका दरले गुमाएका छन् ।