काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनआईसी एशिया बैंक लिमिटेडको ५ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ ।बैंकले नेप्सेमार्फत एक सूचना जारी गर्दै “७.२५ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०७७“ को ५ लाख कित्ता ऋणपत्र वैशाख ३१ गतेपछि परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हो ।
बैंकले वार्षिक ७ दशमलव २५ प्रतिशत व्याजदर भएको ५० करोड रूपैयाँ बराबर ५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।