IME Life
GBIME

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ अक्सिजन लोन’ योजना

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिद्धार्थ बैंकले ‘सिद्धार्थ अक्सिजन लोन’ योजना ल्याएको छ । बैंकले मुलुकभर बढ्दो कोरोना संक्रमणसँगै संक्रमित बिरामीको उपचारमा अस्पताल तथा नर्सिङ होममा देखिएको अक्सिजन अभावलाई लक्षित गरी ‘सिद्धार्थ अक्सिजन लोन’ योजना सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत बैंकले अक्सिजन उत्पादन गर्ने मेसिन, उपकरण खरिद तथा क्षमता विस्तारका लागि इच्छुक अस्पताल र नर्सिङ होमहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

Crest

कर्जा अवधिभर बैंकको आधार दरमा कर्जा प्रदान गर्नेछ भने सम्बन्धित संस्थाको नगद प्रवाहको आधारमा कर्जाको सहज भुक्तानी अवधि तय गरिनेछ । कुनै पनि सेवाशुल्क नलाग्ने यो योजनामा सहज रूपमा कर्जा उपलब्ध गराइने बैंकले बताएको छ ।

यस्तो कर्जामा राष्ट्र बैंकबाट सहुलियत प्राप्त भए सहुलियत कर्जा निर्देशिकाअनुरूप हुनेछ । सीमित अवधिका लागि ल्याइएको कर्जा सुविधाले हाल देशमा विद्यमान अक्सिजन अभाव हटाउन सहयोगी हुने विश्वास बैंकको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS