Connect IPS
IME Life

सिइडिवी हाइड्रोपावरको आइपिओ आज बाँडफाँड हुँदै, २ लाख २४ हजार ११५ जनाले मात्रै शेयर पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिइडिवी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको आइपिओ आज विहान ११ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले भर्चुअल माध्यमबाट बाँडफाँड गर्ने भएको हो।

कम्पनीले गत बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि २५ लाख १८ हजार कित्ता शेयर बिक्री गरेको थियो । उक्त शेयर मध्ये २ प्रतिशत कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डलाई सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई बिक्री गरेर बाँकी रहेको २३ लाख ४१ हजार कित्ता सर्वसाधारणका लागि बाँडफाँड हुने छ ।

Prabhu
Crest

कम्पनीको प्राथमिक शेयरमा १६ लाख ८५ हजार ६२७ जनाले २ करोड ६३ लाख ४५ हजार कित्ताको लागि आवेदन दिएका थिए । माग भन्दा १०.५२ गुणा बढि आवेदन परेको उक्त शेयर जम्मा २ लाख २४ हजार १९५ जनाले मात्रै १०/१० कित्ता शेयर प्राप्त गर्न सक्ने छन् । बाँकी लगानीकर्ताको हात खालि हुने छ ।

कम्पनीले लमजुङ जिल्लामा ४.४० मेगावाट क्षमता राधी हाइड्रो प्रोजेक्ट र ०.१८ मेगावाट क्षमताको स्याङ्गे खोला हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ । कम्पनीले ४५ मेगावाट क्षमताको सोलुखुम्बुमा खसुवा प्रोजेक्ट निर्माण गरिरहेको छ ।

प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ८३ करोड ९४ लाख रुपैयाँ पुग्नेछ । जसमा ७० प्रतिशत संस्थापकको र ३० प्रतिशत सर्वसाधारणको हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS