Connect IPS
IME Life

केपी शर्मा ओलीले शुक्रवार सपथ लिदै, एक महिना भित्रमा पुनः विस्वासको मत लिनु पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । केपी शर्मा ओलिले शुक्रवार प्रधामन्त्रीको सपथ लिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ऐमाले संसदीय दलका नेपा केपी शर्मा ओलीलाई संविधानको धारा ७६(३) अनुसार संसदको सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । केपी शर्मा ओलीले शुक्रवार नेपालको ४२ औ प्रधामन्त्रीको रुपमा सपथ लिने छन् ।

प्रधामन्त्री ओलीले गत बैशाख २७ गते संसदको विश्वासको मत पाउन नसके पछि उनि पद मुक्त भएका थिए । ओलीले विस्वासको मत पाउन नसके पछि राष्ट्रपतीले संविधानको धारा ७६(२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन ।

Prabhu
Crest

राष्ट्रपतिले बिहीबार साझसम्म दिएको म्यादमा धारा ७६(२) अनुसार अन्य दलहरु असफल भएका थिए । बैकल्पिक सरकार गठनमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए पछि उनिहरुले अर्को सरकारको लागि दाबी नै गरेनन् । कुनै पनि दलले सरकार गठनको दाबी नगरेपछि सत्ता पुनः केपि शर्मा ओलीकै पोल्टामा फर्किएको छ ।

अन्य पार्टी सरकार गठन गर्न असफल भए पछि राष्ट्रपतिले ७६ (३) अनुसार संसदको सबभन्दा ठुलो दललाई सरकार गठनको अवसर दिएकी हुन् । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनु पर्छ । केपि शर्मा ओलीले पुनः विस्वासको मत लिन नसकेमा संविधानको धारा ७६(५) अनुसार पुनः सरकार गठनको प्रयास हुनेछ । त्यो पनि हुन नसके मुलुक मध्यावधि चुनावति धकेलिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS