Connect IPS
IME Life

नेप्सेमा कारोवार हुने १० जीवन बीमा कम्पनी मध्ये को तगडा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौ: सुचिकृत सम्पूर्ण दश जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । १० जीवन बीमा कम्पनी मध्य ७ वटा जीवन बीमा कम्पनी पुराना हुन भने ३ वटा जीवन बीमा कम्पनी भने नयाँ हुन् ।  सम्पूर्ण सुचिकृत जीवन बीमा कम्पनीहरुलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा :
चुक्ता पूँजी सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ७ अर्ब २० करोड रहेको छ । गुराँस लाइफ इन्स्योरेन्स बाहेक सबैले बीमा समितिले तोकेको २ अर्ब न्युनतम चुक्ता पूँजीको लक्ष्य हासिल गरिसकेको अवस्था छ । गुराँस लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १  अर्ब ९८ करोड रहेको छ ।

Prabhu
Crest

जगेडा कोषको आधारमा :
नेपाल लाइफ इन्स्योरेन्सको जगेडा कोष सबै भन्दा बलियो छ । कम्पनीको जगेडा कोषमा १ अर्ब १२ करोड रहेको छ ।  त्यस्तै सबै भन्दा थोरै जगेडा कोषमा रकम रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको छ। रिलायन्स लाईफ इन्स्योरेन्सको जगेडा कोषमा २० करोड ५७ लाख रुपैयाँ छ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष सबै बलियो छ। नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ७ अर्ब रहेको छ । त्यस्तै सबैभन्दा थोरै जीवन बीमा कोषमा रकम प्रभु लाइफ इन्स्योरेन्सको रहेको छ। प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा १ अर्ब ७७ करोड रुपैयाँ छ।

खुद बीमा शुल्क आर्जनको आधारमा :
खुद बीमा शुल्क आम्दानी लिँदा आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्मलाई आधार मान्दा नेपाल लाइफ इन्स्योरेन्सले २४ अर्ब ९६ करोड खुद बीमा शुल्क आर्जन गरेको छ र सबैभन्दा थोरै खुद बीमा शुल्क आर्जन गर्नेमा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । प्रभु लाइफले १ अर्ब ०९  करोड मात्र खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा :
आर्थिक वर्ष ७७/७८ को तेश्रो  त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक ५० करोड ६७ लाख खुद मुनाफा गरेको छ त्यस्तै सबै भन्दा थोरै खुद मुनाफा गर्नेमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेको छ ।  रिलायन्स लाइफ इन्स्योरेन्सले ६ करोड ५९ लाख मात्र खुद मुनाफा गरेको छ।

प्रति शेयर आम्दानीको आधारमा:
सूर्या लाइफ इन्स्योरेन्सको प्रति शेयर आम्दानी सर्वाधिक १७ रुपैयाँ ११ पैसा रहेको छ भने सबैभन्दा थोरै रिलायन्स लाइफको प्रति शेयर आम्दानी ४ रुपैयाँ १७ पैसा रहेको छ।

यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी रहेकाले खुद नाफा र प्रति शेयर आम्दानी एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ । प्रति शेयर आम्दानी गणना गर्दा खुद मुनाफालाई शेयर संख्याले भाग गरिएको छ  । 

 

बजार मूल्य :

 

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS