Connect IPS
IME Life

नेपाल लाइफको खुद बीमा शुल्क आर्जन ३५ प्रतिशतले बढ्यो, नाफा ५० करोड ३३ लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३५.४९ प्रतिशतले खुद बीमा शुल्क आर्जन बढाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २४ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १८ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै खुद नाफा पनि ८.३६ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ५० करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ४६ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

कम्पनीले हालसम्म एक खर्ब ४४ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस वर्षको कुल बीमा शुल्क आर्जन भने २५ अर्ब ३७ करोड रुपैयाँ आर्जन गरेको छ। कम्पनीको जीवन बीमा कोष भने ३२.२५ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा एक खर्ब ७ अर्ब रुपैयाँ जम्मा भएको छ ।

कम्पनीले ५० अर्ब ३३ करोड रुपैयाँ भन्दा धेरै दिर्घकालिन क्षेत्रमा लगानी गरेको छ । कर्जा लगानीबाट मात्रै ५ अर्ब ४८ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष ३१ प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ पुर्याएको छ । जगेडा कोष भने ५८ प्रतिशतले घटेको छ । जगेडा कोषमा एक अर्ब १२ करोड रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS