काठमाडौं । साताको चौथौ दिन २ सय १५ वटा कम्पनीको १ करोड ४८ लाख ५४ हजार ४ सय २२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
आज ३ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने बाँकी ९ वटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, आँखुखोला जलविद्युत र बोटलर्स नेपाल ९तराइ० को सेयरमूल्य १० प्रतिशतले बढेको हो ।
त्यस्तै, विशाल बजार कम्पनी, रूरू जलविद्युत परियोजना, समता घरेलु लघुवित्त, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, जोशी हाइड्रोपावर र युनिलिभर नेपालको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।