काठमाडौं । आज साताको चौथौ दिन नेप्से परिसूचक ० दशमलव ५६ प्रतिशतले बढेर २६७३ दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज ५ अर्ब ३२ करोड रुपैयाँमाथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआईडिसियलको २६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, अपि पावर कम्पनीको १४ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवभ् सिमेन्टको १४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनसीसी बैंकको १३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।