काठमाडौं । साताको चौथौ दिन नेप्से परिसूचक ० दशमलव ५६ प्रतिशतले बढेर २६७३ दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय १५ वटा कम्पनीको १ करोड ४८ लाख ५४ हजार ४ सय २२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआईडिसियलको २६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत र बोटलर्स नेपाल (तराइ) को सेयरमूल्य १० प्रतिशतले बढेको हो छ ।एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर ३ दशमलव ९० प्रतिशतले घटेको छ भने साल्ट टेड्रिङका लगानीकर्ताले २ दशमलव २७ प्रतिशतले गुमाएका छन् ।