काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीे २ करोड १२ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष पनि कम्पनीले यही अवधिमा १ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
कम्पनीले यो अवधिमा अन्य स्रोतबाट १ लाख ४२ हजार रुपैयाँमात्र आम्दानी गरेको छ। कम्पनीको प्रशासनिक खर्च ११.२२ प्रतिशतले घटेर १ करोड २ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यस्तो खर्च १ करोड १५ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ८६ पैसाले ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९५.१७ रुपैयाँ रहेको छ।