काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट इन्स्योरेन्स कम्पनी र अपि पावर कम्पनीको शेयर मुल्य समायोजन भएको छ ।
नेप्सेले एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत बोनश शेयर र अपि पावर कम्पनीको २९ दशमल ३८ प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मुल्य समायोजन गरेको हो ।
एभरेष्ट इन्स्योरेन्सको मंगलवार कायम अन्तिम मुल्य ७७८ रुपैयाँको आधारमा बोनश पछिको मुल्य नेप्सेले ७२० रुपैयाँ कायम गरेको छ । अपि पावर कम्पनीको मंगलवार कायम अन्तिम मुल्य ३५३ रुपैयाको आधारमा नेप्सेले हकप्रद पश्चातको मुल्य २९६ रुपैयाँ कायम गरेको छ ।