Connect IPS
IME Life

नेशनल लाइफको नाफा ३२ करोड २५ लाख रुपैयाँ, कुल बीमा शुल्क आर्जन ५६ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा ३२ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिको तुलनामा कम्पनीले २.२ प्रतिशतले मुनाफा बढाएको हो । कम्पनीले गत वर्षको यहि अवधिमा ३१ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन ५० प्रतिशत भन्दा धेरैले सुधार गर्न सफल भएको छ । कम्पनीले कुल बीमा शुल्क आर्जन ५६ प्रतिशतले बढाएर ८ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको छ । विभिन्न क्षेत्रमा लगानी गरेर कम्पनीले १९ प्रतिशतले आम्दानी बढाएको छ । यस्तो आम्दानी २ अर्ब १३ करोड रुपैयाँ छ । गत वर्षको यहि अवधिमा एक अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको थियो ।

Prabhu
Crest

यहि अवधिमा जारी भएको पोलिसी संख्यामा पनि उल्लेख्य सुधार भएको देखिन्छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ९ लाख १७ हजार ९५० वटा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीको अभिकर्ता कमिसन ६५ प्रतिशतले बढेको छ । अभिकर्ता कमिसन बापत ९७ करोड ३० लाख रुपैयाँ खर्च भएको छ ।

नाफामा सुधार सँगै कम्पनीको जीवन बीमा कोष पनि २७ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ४० अर्ब २१ करोड ७९ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै शेयरधनीको जगेडा कोषमा ८१ करोड १७ लाख रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी १० प्रतिशतले बढेर तीन अर्ब ३९ करोड रुपैयाँ भएको छ । पूँजीमा सुधार भए अनुसार नाफामा सुधार नहुँदा कम्पनीको प्रतिशेयर आम्दानी भने एक रुपैयाँले घटेर १२ रुपैयाँ छ । नेटवर्थ भने १३२ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS