काठमाडौं । साताको तेस्रो दिन नेप्से परिसूचक २७ दशमलव ४७ प्रतिशतले बढेर २६७३ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज ५ अर्ब ८१ करोड रुपैयाँमाथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कमपनीको ७६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावरको २० करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा बोर्टलर नेपाल (तराई) का लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रुरु जलविधुतका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।
विशाल बजारका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् भने लिवर्टी इनर्जीका लगानीकर्ताले २ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।