काठमाडौं । बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिले वाणिज्य बैंक तथा विकास बैंकलाई शिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरेको हो । समितिले मुद्धती निक्षेपमा लगानी गर्ने रमक भने सूचनामा खुलाएको छैन ।
समितिले वाणिज्य बैंक तथा विकास बैंकले अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको मुनाफा र नोक्सान उल्लेख गरी शिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने जनाएको छ। त्यस्तै, बैंकहरुले आफुले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी ७ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आग्रह गरेको छ।