Connect IPS
IME Life

रिलायबल नेपाल लाइफको जीवन बीमा कोष १३२ प्रतिशतले बढ्यो, नाफा २० करोड ३४ लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आफ्नो जीवन बीमा कोष १३२ दशमलब २५ प्रतिशतले बढाउन सफल भएको छ । चैत मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ ।

खुद बीमा शुल्क आर्जन ८९ प्रतिशलते बढाउन सफल भएको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा २ अर्ब २७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने गत वर्षको यहि अवधिमा यस्तो आर्जन एक अर्ब २० करोड रुपैयाँ थियो ।

Prabhu
Crest

रिलायबल नेपाल लाइफले हालसम्म ५ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत वर्षको तुलनामा यस्तो आर्जन ९० प्रतिशतले बढेको हो । यस आर्थिक वर्षमा भने कुल बीमा शुल्क आर्जन २ अर्ब ३२ करोड रुपैयाँ छ । हाल कम्पनीमा कायम रहेको बीमा लेखको संख्या भने ३२ लाख ५ हजार वटा छ ।

गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा कम्पनीको मुनाफा २१.८१ प्रतिशतले बढेको छ । कम्पनीले यहि अवधिमा २० करोड ३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १६ करोड ७० लाख रुपैयाँ मुनाफा थियो । नाफामा सुधार सँगै कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँले बढेर १९ रुपैयाँ कायम भएको छ ।

यस त्रैमाशसिक अवधिमा कम्पनीले सन्तोषजनक व्यवसाय गर्न सफल भएको छ । साथ साथै कम्पनीको वित्तीय स्थिति पनि सबल रहेको देखिन्छ । विश्वव्यापी संकटको रुपमा आएको कोभिड १९ ले आम जनजीवन प्रभावित पारिरहेको सन्दर्भमा आम मानिसको आम्दानीमा संकुचन आउनुका साथै पछिल्लो समय मृत्युदर बढिरहेकोले गर्दा दाबी भुक्तानी पनि बढ्न सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS