काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ५६ अंकले घटेर २,६१८ दशमलव ५६ अंकको विन्दुमा कायम भएको छ । आज सबै उपसूचक रात्तामे भएका छन् । आज ६ अर्ब १४ करोड ८९ लाख रुपैयाँको शेयर करोबार भएको छ ।
आज सबैभन्दा धेरै समता लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रुरु हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरलले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ दशमलव ६४ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ३ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।