काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ५६ अंकले घटेको छ । आज सबै उपसूचक रात्तामे भएका छन् । ६ अर्ब १४ करोड रुपैयाँको शेयर करोबार हुँदा एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २८ करोड ८६ लाख रुपैयाँमाथिको शेयर कारोार भएको छ । कुमारी बैंकको २८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य २ दशमलव २४ प्रतिशतले बढेको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको २४ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कमपनीको शेयर मुल्य ५५ रुपैयाँले घटेको छ । हाइड्रो यलेक्टीसिटि एण्ड इन्भेष्टमेन्टको २३ करोड ९४ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य १५ रुपैयाँले घटेको छ ।