कठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १२ दशमलव ४७ अंकले घटेको छ । कारोबार रकम भने ६ अर्ब ८१ करोडमाथि भएको छ । आज हाइड्रो इलेक्ट्रीसिटिको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य भने ३८ रुपैयाँले बढेर ५२५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै,एनसीसी बैंकको ४२ करोड ९४ लाख रुपैयाँको शेयर करोबार भएको छ । लक्ष्मी बैंकको २६ करोड ४५ लाख रुपैयाँको शेयर करोबार भएको छ । अपि पावर कम्पनीको १५ लाख ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १५ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य भने ८ रुपैयाँले घटेको छ ।