काठमाडौं । मितेरी डेभलपमेण्ट बैंक लिमिटेडले आर्थिक वर्ष ०६७/६८ र ०६९/७० को लाभांश बुझिलिन बाँकी शेयरधनीलाई अनुरोध आग्रह गरेको छ । कम्पनीले बिहीवार एक सूचना जारी गर्दै आगामी ३० दिनभित्र उक्त आर्थिक वर्षको लाभांश बुझिलिन आग्रह गरेको हो ।
उक्त अवधिभित्र लाभांश नबुझेमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकल जनाएको छ । लाभांश बुझ्न बाँकी शेयरधनीले केन्द्रिय कार्यालय धरानको शेयर शाखामा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष ०६७/६८ मा १० दशमलव ५३ प्रतिशत नगद लाभांश र ०६९/७० मा २० प्रतिशत बोनश शेयर र ५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो ।