काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थका लागि बुकक्लोज मिति तोकेको छ । कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि बैशाख २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न सेबोनबाट बैशाख १९ गते, आइतबार अनुमति पाएको छ ।कम्पनीको उक्त हकप्रद शेयरमा निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।