काठमाडौं । साताको तेस्रो कारोबारको दिन आज दिनभरिमा २ सय १३ वटा कम्पनीको १ करोड ३० लाख १५ हजार १ सय ८३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने १० कम्पनीमध्ये ९ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज सबैभन्दा समता लघुवित्त र महिला लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, स्र्पोट माईक्रोफाइनान्स, रादी जलविधुत्, रुरु जलविधुत्, सिगिंटी हाईड्रोपावर, युनाईटेड मोदी हाईड्रोपावर, पञ्चकन्या माई हाईड्रोपावर र युनिभर्सल पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।