काठमाडौं । प्रधामन्त्री कपि शर्मा वलीले राष्ट्रका नाममा संवोधन गर्दै कोभिड १९ को महामारिमा खटिने स्वास्थ्य कर्मि लगायत सबैको सरकारले बीमा गर्ने घोषणा गरेका छन् ।
कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिने भएको हो ।
स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने प्रधामन्त्री वलीले संवोधनमा उल्लेख गरेका छन् ।