Connect IPS
IME Life

सरकारले चालेका कदममा साथ दिन प्रधामन्त्री केपि शर्मा वलीको अपिल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।  प्रधामन्त्री केपि शर्मा वलीले सरकारले कोभिड नियन्त्रणका लागि चालेका कदममा साथ दिन अनुरोध गरेका छन् । प्रधामन्त्री वलीले राष्ट्रका नाममा संवोधन गर्दै सरकारले आफ्नो दायित्व पुरा गर्ने विश्वास दिलाएका छन् । संक्रमणको साङ्लो चुडाउन निषेधाज्ञाल जारी गरेको उल्लेख गरेका छन् ।

बढ्दो संक्रमणका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडाउन बन्द गरेको वलिले बताए । उनले नाकाबाट आउने सबैलाई चेकजाच गरेर मात्रै ल्याएको दाबी गरेका छन् ।

Prabhu
Crest

मन्त्रिपरिषदको बैठकले सम्पुर्ण मेडिकल कलेज तथा ठुला अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । अक्सिजनको अभाव हुन नदिन ठुला अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गरिने प्रधामन्त्री केपि शर्मा वलीले बताए ।

बन्दाबन्दीको समयमा कसैलाई पनि भोकै हुन नदिने वलिले संवोधनमा बताएका छन् । प्रधामन्त्री वलीले बन्दा बन्दी पछि अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विभिन्न कदमहरु अपनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गएको वर्ष सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लपनाएका कदम प्रभावकारी देखिएको भन्दै प्रधानमन्त्री वलीले यस वर्ष पनि आम नागरिकलाई धर्यता राख्न अनुरोध गरेका छन् । जनतालाई कोरोना भाइरसको संक्रमणबाट बचान भ्याक्सिनको कामलाई थप तिब्रता दिइएको वलीले उल्लेख गरेका छन् । सरकारले अहिलेसम्म २१ लाखलाई पहिलो डोजको खोप प्रदान गरेको वलीले बताए । छिटो भन्दा छिटो खोपको कार्यक्रम पुरा गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS