काठमाडौं । शेयर बजार नेप्से परिसूचक आज १२ दशमलव ३५ अंकले घटेको छ । आज ७ अर्ब ५२ करोड रुपैयाँको शेयर करोबार हुँदा अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । हिजो मात्र सेवोनले कम्पनीलाइ ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको छ । आज कम्पनीको ३९ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ३ दशमलव २२ प्रतिशतले बढेर ३ सय ६९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज नेपाल पुनर्बीमाको २९ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रामिण विकास लघुवित्तको २८ करोड ५२ लाख रुपैयाँको शेयर करोबार भएको छ । हाइड्रोइलेक्टीसिटी एण्ड इन्भेष्टमेन्टको २७ करोड १५ लाख रुपैयाँको शेयर कराोबार भएको छ । एनसीसी बैंकको २३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।