काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको संचालकमा पुनः दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । यसअघि पनि सञ्चालकमा रहेको यी दुईको पदावधि सकिन लागेसँगै कम्पनीले उनीहरुलाई पुनः नियुक्त गरेको हो ।
कम्पनीको बैशाख १९ गते बसेको संचालक समितिको बैठकले दुई संचालकलाई पुन नियुक्त गर्ने निर्णय गरेको हो । उक्त बैठकको निर्णयलाई कम्पनीको अगामी वार्षिक साधारणसभाले अनुमोदन गर्ने छ ।
नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट कम्पनी संचालक समितिमा प्रतिनिधित्व गरिरहेका दुई सञ्चालक पाण्डे र अर्यालको पदावधि समाप्त हुँदै थियो । कम्पनीका सञ्चालक पाण्डे शिखर इन्स्योरेन्सका सिईओ हुन् । त्यस्तै, सञ्चालक डा. अर्याल राष्ट्रिय बीमा कम्पनीका सीईओ हुन् ।