काठमाडौं । आरएसडिसी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा ७ करोड ६३ लाखरुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षउको तुलनामा लघुवित्तको नाफा ४० प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ।
समिक्षा अवधिमा लघुवित्तले १२ करोड ३२ लाख ३८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा २८ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ९ करोड ६१ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
लघुवित्तको हालको चुक्ता पूँजी ७३ करोड १९ लाख ६० हजार रुपैयाँ, जगेडा कोषमा १३ करोड ८६ लाख ६५ हजार रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ९४ पैसा र प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९० पैसा पैसा रहेको छ ।