Connect IPS
IME Life

नेशनल माइक्रोफाइनान्सको नाफा ११८% ले बढ्यो, जगेडा कोषमा ३८ करोड ३७ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ ।

हाल संस्थाको चुक्ता पूँजी ३१ करोड ९४ लाख ९५ हजार रहेको छ, भने जगेडा कोषमा ३८ करोड ३७ लाख ६९ हजार संचिती रहेको छ ।

Prabhu
Crest

संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २४ करोड ९१ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा संस्थाको नाफा ११८ दशमलव ८९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिसम्ममा संस्थाले ११ करोड ३८ लाख २५ हजार रुपैयाँमा खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा संस्थाले ४५ करोड ५७ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आथिृक वर्षको सोही अवधिको तुलनामा संस्थाको खुद ब्याज आम्दानी १०५ दशमलव ९८ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा संस्थाको २२ करोड १२ लाख ६८ हजार रुपैयाँमा खुद ब्याज आम्दानी गरेको थियो ।

संस्थाको सञ्चालन नाफा ३९ करोड ५४ लाख ९१ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यसैअवधिको तुलनामा संस्थाको संचालन मुनाफा ११८ दशमलव ८९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाको संचालन मुनाफा १८ करोड ६ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिसम्ममा संस्थाको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ १२ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS