काठमाडौं । हकप्रद शेयर निष्काशनको लागि छ्याङ्दी हाइड्रोपावर लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो ।
शेयर निष्काशनका लागि विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार पुग्नेछ ।