काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५४ अंकले बढेको छ । आज ७ अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार हुँदा एनसीसी बैंकको ४२ करोडमाथिको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १५ रुपैयाँले बढेर ३ सय ६७ रुपैयाँमा कायम भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ४० करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी, नेपाल टेलिकमको ३२ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २४ करोड २२ लाख रुपैयाँको शेयर करोबार भएको छ । हिमालयन डिस्टिलरीको २१ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।