Prabhu Life Ad Final

यूनाइटेड इन्स्योरेन्सको सिइओमा उपासना पौडेल,  बीमा क्षेत्रको पहिलो महिला सिइओ

IME PAY

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले आगामी ४ वर्षका लागि उपासना पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । कम्पनीको नियुक्ती सँगै पौडेल बीमा क्षेत्रकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत हुन सफल भएकी छिन् । ३४ वर्षकी पौडेल इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा कान्छी सिइओ हुन सफल भएकी छिन् ।

पौडेलले भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी छिन् । उनले भरतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारती एक्सामा एक दशक भन्दा लामो समय काम गरेकी छिन् । सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धकमा डेढ वर्ष काम गरेकी पौडेल यूनाइटेड इन्स्योरेन्समा डेढ वर्षदेखि कार्यरत छिन् ।

NCHL

कम्पनीको सञ्चालक समितिले पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि बीमा समितिमा स्वीकृतिका लागि पठाएको थियो । बीमा समितिले स्वीकृति प्रदान गरे सँगै उनलाई जिम्मेवारी प्रदान गरिएको हो ।

कम्पनीको प्रगति ग्राहकको सन्तुष्टि तथा दक्ष जनशक्तिबाट मात्रै संभव हुने कुरामा विश्वास राख्ने पौडेलले  कर्मचारीको टिम वर्कलाई  विशेष ध्यान दिने गरेकी छिन् । उनको आगमन संगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्ती संगै थप उचाईमा पुग्ने कम्पनीले  विश्वास लिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x