काठमाडौं । सबैको लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासबमे वित्तिय विवरण सार्वजनिक गरेको छ।तेस्रो त्रैमासको अवधिसम्ममा लघुवित्तको खुद नाफा २२२ प्रतिशतले बढेर ७ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तको नाफा २ करोड ४६ रुपैयाँ रहेको थियो । त्यस्तै, खुद ब्याज आम्दानी र संचालन नाफामा आकर्षक वृद्धि भएसँगै यसको खुद नाफा बढ्न पुगेको तथ्याङ्ले देखाएको छ।
खुद ब्याज आम्दानी ७४ प्रतिशतले बढेर १४ करोड ६३ लाख ६९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८ करोड ४२ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो । लघुवित्तको हालको चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ छ भने जगेडा कोषमा ९ करोड ३१ लाख ८० हजार रुपैयाँ छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ७ पैसाले बढेर वार्षिक ५१ रुपैयाँ ३० पैसा पुगेको छ ।