काठमाडौँ । यस साता नेप्सेमा एउटा नयाँ कम्पनी थपिएको छ । ४ कम्पनीको शेयर सूचिकृत भएको छ । जसमध्ये २ कम्पनीको बोनश शेयर १ कम्पनीको हकप्रद शेयर र १ कम्पनीको साधारण शेयर (आईपीओ) सूचिकृत भएको हो ।
यस साता गुडविल फाइनान्स कम्पनी लिमिटेडको ८ दशमलव ४ प्रतिशत बोनश बापतको ६ लाख ७२ हजार कित्ता शेयर सूचिकृत भएको छ ।
त्यस्तै, सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको एक करोड ४५ लाख कित्ता साधारण शेयर( आईपीओ) सूचिकृत भएको छ । मल्टीपर्पस फाइनान्सको १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ भने समता लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनश बापतको ३ लाख ८२ हजार २ सय ३३ दशमलव ६० कित्ता शेयर सूचिकृत भएको छ ।