Connect IPS
IME Life

नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान, निजी क्षेत्रबाट एउटा मात्रै कम्पनीलाई अनुमति दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ । पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवस्यक भएकोले निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनी स्थापनको कार्य अगाडि बढाउने प्रयोजनका लागि बीमा समितिले प्रस्ताव आह्वान गरेको हो । समितिले निजी क्षेत्रबाट एउटा मात्रै पुनर्बीमा कम्पनीलाई अनुमति दिने भएको हो।

नयाँ कम्पनी स्थापनका लागि इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थाले प्रस्ताव पेश गर्न सक्ने छन् । इच्छुक प्रस्तावकले २१ दिन भित्र बीमा समितिको नाममा सम्बोधन भएको सिलबन्दी प्रस्ताव पेश गर्न सक्ने छन् । प्रस्तावित पुनर्बीमा कम्पनीको चुक्ता पूँजी प्रस्ताव गर्दा कम्तिमा १० अर्ब रुपैयाँ नघट्ने गरी प्रस्ताव पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

प्रस्तावकले यस अघि नै नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेको भए त्यस्तो प्रस्तावक लगानीकर्ताको प्रस्ताव अमान्य हुनेछ । प्रस्तावकले प्रस्तावित पुनर्बीमा कम्पनीका लागि प्रस्ताव पेश गर्दा समितिबाट जारी भएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ को परिच्छेद तीन को बुँदा नम्बर ९ मा व्यवस्था भए बमोजिमका संस्थापना दर्ता सम्बन्धी प्रावधानमा उल्लेखित बुँदाहरु समेत समावेश गर्नु पर्नेछ ।

रितपुर्वक पेस नगरिएको, म्याद नाघी प्राप्त भएको वा कुनै सर्त समावेश गरी पेस भएका प्रस्तावहरु उपर कुनै कारबाही नहुने बीमा समितिले जनाएको छ । प्रस्तावकले पेस गरेका प्रस्तावहरु मध्ये बीमा समितिबाट तयार हुने मूल्यांकलनका आधारमा उच्चतम अंक प्राप्त गर्ने एक प्रस्तावकलाई मात्रै छनोट गर्नेछ ।

समितिमा दर्ता भएका प्रस्तावहरु यसै सूचनाद्धारा रद्द गरिएको छ । समितिमा ५ वटा कम्पनीले पुनर्बीमा कम्पनी स्थापनाका लागि दर्ता गरेका छन् । यो सूचनाले अहिलेसम्म दर्ता भएका पुनर्बीमा कम्पनीहरुको कुनै आधिकारिकता नरहने भएको हो ।

यस सूचना बमोजिम पेस हुन आएका कुनै वा सबै प्रस्तावहरु कुनै कारण खुलाई वा नखुलाई स्वीकृत गर्ने वा नगर्ने अधिकार बीमा समितिमा सुरक्षित रहनेछ । बीमा समितिले यस भन्दा अगाडी बीमा विज्ञ भोजराज शर्माको संयोजकत्वमा नयाँ पुनर्बीमा कम्पनी स्थापनको लागि संभाव्यता अध्ययन गराएको थियो । उक्त अध्ययन प्रतिवेदनका आधारमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रकृयाँ अगाडि बढाएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS