काठमाडौं । मुक्तिनाथ विकास बैंकले दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।
संस्थाले तनहुँको व्यास नगरपालिकाका विभिन्न वडाका वासिन्दालाई खानेपानी उपलब्ध गराउँदै आएको छ । बैंकबाट प्राप्त सफा खानेपानी उपलब्ध गराउन, पानी ट्यांकी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदूषणबाट जोगाउनेजस्ता कामका लागि प्रयोग गर्ने जनाएको छ ।
सहयोग रकम व्यास–४ जुडीपानीस्थित रहेको खानेपानी प्रशोधन केन्द्रमा आवश्यक तारबार गर्न प्रयोग गरिनेछ ।