Connect IPS
IME Life

बजार घटेको मौकामा ब्लुचिप कम्पनीमा लगानीकर्ताको ध्यान, सबैभन्दा धेरै कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बजार घटेको मौकामा ठुला लगानीकर्ताको ध्यान ब्लुचिप कम्पनीमा देखिएको छ । केहि समयदेखि शेयर बजार लगातार घटिरहेको छ । बजार घट्दा राम्रो ब्लुचिप कम्पनीको शेयर मूल्य पनि घटिरहेको छ । बजार घटेको मौकामा त्यस्ता कम्पनीमा अहिले लगानी गर्दा अधिकतम पूँजीगत लाभ लिन सकिने भन्दै म्युचुअल फण्ड, संस्थागत लगानीकर्ता तथा आम क्लेभर इन्भेष्टरको ध्यान ब्लुचिप कम्पनीमा देखिएको हो ।

बुधबार एनसिसी बैंक, अपर तामाकोशी, एचआइडिसिएल, नेपाल पुनर्बीमा, नेपाल इन्फ्राष्ट्रक्चर, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, शिवम सिमेन्ट, नविल बैंक, हिमालयन डिष्ट्रिलरीको सबैभन्दा धेरै कारोबार भएको छ ।

Prabhu
Crest

मर्जरको हल्लाका कारण एनसिसी बैंकको सर्वाधिक धेरै कारोबार भएको छ । त्यस्तै केहि समयदेखि अपर तामाकोशी हट केकको रुपमा रहेको छ । तामाकोशीले विद्युत उत्पादन सुरु गर्ने समाचारले दोस्रो बजारमा मूल्य बढिरहेको छ । हकप्रद भण्डका कारण हिमालयन डिष्ट्रलरीको शेयर मूल्यमा आकर्षण देखिन्छ । नेपाल पुनर्बीमा कम्पनीले हकप्रद निष्काशन गर्ने हल्लाले केहि समयदेखि बजार तातिरहेको छ ।

पछिल्लो समय राम्रो नाफा आर्जन गरिरहेका नविल बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंकको शेयर मूल्यमा लगानीकर्ताको आकर्षण देखिन्छ । लगानीकर्ताले यस्तो समयमा ब्लुचिप कम्पनीमा बढि ध्यान दिन्छन् ।

म्युचुअल फण्डले सबैभन्दा धेरै लगानी गरेका १० ब्लुचिप कम्पनी, इन्फ्राष्ट्रक्चर र नविल बैंकको शेयरमा सर्वाधिक आकर्षण

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS