Connect IPS
IME Life

निषेधाज्ञाको अघिल्लो दिन १३ अंकले घट्यो शेयर बजार, अन्योलता बढ्दा कारोबार रकम पनि घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले लकडाउन तथा निषेधाज्ञा गरिरहेका छन् । यसै क्रममा केहि समयदेखि शेयर बजार प्रभावित भैरहेको छ । बुधबार पनि नेप्से सूचक १३ दशमलब ७९ अंकले घटेको छ । मंगलबार ९२ अंकले बढेको शेयर बजार बुधबार भने सुधार हुन सकेन ।

सूचकमा गिरावट सँगै कारोबार रकम पनि तीन अर्ब ९७ करोड रुपैयाँमा खुम्चिएको छ । कोभिड १९ को अहिलेको महामारी नियन्त्रण हुन अझै केहि महिना लाग्ने स्वास्थ्य विदहरु बताउछन् । कोभिड १९ को महामारी अझै भयावह हुने अवस्था आयो भने शेयर बजार राज्यको दोस्रो प्राथमिकतामा पर्छ । अहिलेको अन्योलताले गर्दा शेयर बजार सुधार हुन सकेको छैन । आजको कारोबारले पनि दोस्रो बजारमा लगानीकर्ता त्रसिद भएको संकेत गर्छ ।

Prabhu
Crest

बुधबार व्यापार, उत्पादन तथा प्रसोधन र अन्य सूचक केहि सुधार देखिएको छ भने बाँकी सूचक तथा उपसूचक घटेका छन् । दोस्रो बजारमा २१५ वटा कम्पनीको शेयर कारोबार हुँदा ३५ वटाको मूल्य बढेको छ भने १४१ वटाको मूल्य घटेको छ । विशाल बजार र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ । सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले गुमाएका छन् । बुधबार सबैभन्दा धेरै एनसिसी बैंकको २८ करोड २८ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS