काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।तेस्रो त्रैमासको अवधिसम्ममा आइपुग्दा बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्ष २ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकले वितरण योग्य नाफा भने १३ प्रतिशतले बढाएर १ अर्ब ६ करोड रुपैयाँ पुराएको छ।
तेस्रो त्रैमासको अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५ दशमलव २४ प्रतिशत र संचालन नाफा ३६ प्रतिशतल ले घटेको छ ।त्यस्तै बैंकले निक्षेप संकलन ११ प्रतिशत र कर्जा लगानी ५ प्रतिशतले बढाउन सफल भएको छ । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६० पैसा र प्रतिशेयर नेटवर्थ २ सय ३५ रुपैयाँ ७२ पैसा रहेको छ ।