IME Life
GBIME

एनआईसी एशिया क्यापिटल र आइएमई पे बीच सम्झौता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनआईसी एशिया क्यापिटल र आइएमई पे बीच सम्झौता भएको छ । डिम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम पहुँचसम्म पुराउनको लागि दुई संस्थाबीच सम्झौता भएको क्यापिटलले जनाएको छ ।

उक्त सम्झौता अनुसार डिम्याट खाता र मेरो शेयरको नविकरण गर्न एनआईसी एशिया क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलै भुक्तानी गर्न सकिने छ ।

Crest

सम्झौतापत्रमा क्यापिटलका सिईओ रामेन्द्र रायमाझीले आइएमई पे, एनआईसी एशिया क्यापिटलको भुक्तानी साझेदार भए पश्चात सेवाग्राहीहरूलाई डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुने बताए ।

त्यस्तै आईएमई पेका बजार प्रमुख गुण श्रेष्ठले नेपाल सरकारको डिजिटल अभियान अनुरुप डिजिटल अभियानलाई अगाडि बढाउन प्रतिवद्ध रहेको बताए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS