काठमाडौं । साताको तेस्रो दिन २ सय १६ वटा कम्पनीको १ करोड २ लाख २ हजार २ सय १९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ । आज सबै उपसूचकमा हरीयाली छाएको छ ।
त्यस्तै, आज सबैभन्दा अपर तामाकोशीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
महिला लघुवित्त, युनाईटेड इन्स्योरेन्स, समिट लघुवित्त, मल्टिप्रपोज फाइनान्स, ग्लोबल आइएमई लघुवित्त, अरुण भ्याली हाईड्रोपावर, छ्याङदी हाईडोपार, उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।