काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेको छ । आज ५ अर्ब १० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको २३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेर ८ सय ४७ रुपैयाँमा कायम भएको छ । त्यस्तै, निफ्राको २१ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ३ दशमलव ८० प्रतिशतले बढेर ५४६ रुपैयाँमा कायम भएको छ ।
त्यसैगरी आज नेपाल पुनर्बीमाको १४ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको १३ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।