काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।गत आर्थिक बर्षको तुलनामा बैंकले १ दशमलव ३९ प्रतिशतले मात्र खुद नाफा बढाएर २ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, बैंकको वतरण योग्य नाफा १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ छ । रजर्भ कोष ९ दशकलव ७९ प्रतिशतले घटेर १० अर्ब ११ करोड रुपैयाँ भएको छ । तर रिटेन्ड अर्निङ भने ७७ दशमलव ४२ प्रतिशतले बढेर ४ अर्ब ३ करोड पुगेको छ ।
त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी पनि ३५ पैसाले बढेर २२ रुपैयाँ १९ पैसा भएको छ ।