Connect IPS
IME Life

नेपाल बैंकको मुनाफा २ अर्ब २६ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी २३ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब २६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको यहि अवधिमा एक अर्ब ९९ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको थियो । नाफा गत वर्षको भन्दा १३.३१ प्रतिशतले बढेको छ ।

खुद व्याज आम्दानी पनि ११.७५ प्रतिशतले बढेको छ । बैंकले चैत मसान्तसम्ममा चार अर्ब ७१ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा चार अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको थियो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकले निक्षेप ७.१२ प्रतिशतले बृद्धि गर्दा कर्जा लगानी भने २३.८४ प्रतिशतले विस्तार गर्न सफल भएको छ । बैंकले यहि अवधिमा एक खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराव कर्जा सून्य दशमलब ३५ प्रतिशत विन्दुले घटेर २.२९ प्रतिशत छ । बैंकको तरलता अनुपात सिसिडी रेसियो ७५ प्रतिशत रहेको छ । कष्ट अफ फण्ड थप १.४९ प्रतिशतले घटेर ३.४२ प्रतिशतमा झरेको छ । स्प्रेडदर पनि थोरैले घटेर ४.३७ प्रतिशतमा झार्न सफल भएको छ । चुक्ता पूँजी १२ प्रतिशतले बढेकाले प्रतिशेयर आम्दानी भने स्थिर छ । प्रतिशेयर आम्दानी २३ रुपैयाँ छ ।

बैंकको त्रैमासिक वित्तीय विवरण 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS