Connect IPS
IME Life

प्रभु बैंकको मुनाफा ४४ प्रतिशतले बढ्यो, खराव कर्जामा उल्लेख सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकको मुनाफा ४४ दशमलब ०८ प्रतिशतले सुधार भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब १० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले एक अर्ब ४६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकले चैत मसान्तसम्ममा तीन अर्ब ८३ करोड रुपैयाँले खुद व्याज आम्दानी आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा तीन अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको थियो । एक वर्षको अवधिमा ६.६० प्रतिशतले यस्तो आम्दानी सुधार गरेको हो । खराब कर्जा सल्टाउदा बैंकको मुनाफामा उल्लेख्य सुधार देखिएको हो ।

Prabhu
Crest

बैंकको खराब कर्जा २ दशमलब ९५ प्रतिशतबाट सुधार भएर १ दशमलब ४८ प्रतिशतमा झरेको छ । त्यस्तै व्याज खर्च कम हुँदा बैंकको नाफामा केहि सपोर्ट देखिन्छ ।

बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा एक खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यहि अवधिमा बैंकले २७ प्रतिशतले निक्षेप सुधार गरेको छ भने कर्जा लगानी ३५ प्रतिशतले बढाएको छ ।

गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर चुक्ता पूँजी ११ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको छ । जगेडा कोष थप १८ प्रतिशतले बढेर ५ अर्ब ९९ करोड रुपैयाँको भएको छ । पूँजीकोष अनुपात ११.५३ प्रतिशत छ । बैंकको आधार व्याजदर ७.०६ प्रतिशतमा झरेको छ भने कष्ट अफ फण्ड ६.१८ प्रतिशतबाट ४.९६ प्रतिशतमा घटेको छ । स्प्रेडदर ५.३२ प्रतिशतबाट ३.५० प्रतिशतमा झारेको छ । प्रतिशेयर आम्दानी ५ रुपैयाँले बढेर २४ रुपैयाँ बनाउन सफल भएको देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS