काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले तेस्रो त्रैमाससम्म आइपुग्दा २ करोड १४ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा संस्थाको नाफा ३० दशमलव ६८ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिसम्म कम्पनीले ३ करोड ९ लाख ६ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
कम्पनीले रिडी खोला हाइड्रोवाट ४ करोड २८ लाख ७३ हजार रुपैयाँ बराबरको विद्युत विक्री आम्दानी गरेको छ । गत वर्ष ५४ लाख ६३ हजार रुपैयाँ कुल सञ्चालन खर्च गरेको कम्पनीले यस त्रैमासमा २ करोड २३ लाख ४७ हजार रुपैयाँ यो खर्च भएको हो ।
त्यसैगरी कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ८ करोड १ लाख ३४ हजार रुपैयाँ बराबरको कुल आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको यस्तो आम्दानी ४ करोड ४ लाख २४ हजार रुपैयाँमा सिमित थियो ।
हाल चुक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम २ करोड २४ लाख ६७ हजाररुपैयाँ छ । त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ८४ पैसा रहेको छ ।