काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ७५ दशमलव ७९ प्रतिशतले घटेर २५७२ दशमलव २२ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा २ सय १५ वटा कम्पनीको १ करोड ४६ लाख ९० हजार ७ सय २० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २८ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।आज सबै उपसूचक घटेको छ ।
आज सबैभन्दा धेरै निफ्राकोे कारोबार भएको छ । निफ्राको ३९ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ज्योति लाइफकोे ३३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा कुमारी बैंकका संस्थापक शेयरधनीले १४ प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
चन्द्रागिरी हिल्सका लगानीकर्ताले ८ दशमलव ४३ प्रतिशतका दरले गुमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन्