काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीयले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक बर्ष (आ.व) को तुलनामा लघुवित्तको नाफा २३८ प्रतिशतले वृद्धि भएको छ ।
लघुवित्तले गत आवको सोहि अवधिमा ९६ लाख ५५ हजार रुपैयाँ खुद नाफा गरको थियो । चालू आवको सोही अवधिमा लघुवित्तको खुद नाफा बढेर ३ करोड २६ लाख पुगेको छ । चालू आवको तेस्रो त्रैमासमा लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।
गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ७९ प्रतिशत र सञ्चालन नाफा ३७१ प्रतिशतले वृद्धि भएको छ ।लघुवित्तको हालको चुक्तापूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १० करोड ३८ लाख रुपैयाँ हजार संिचत रहेको छ।